ग्रीसको मोरिया क्याम्पबाट पाँच सय आप्रबासी बालबालिकालाई फ्रान्स ल्याइने



ग्रीसस्थित डढेलोबाट प्रभावित मोरिया क्याम्पमा रहेका ५०० बालबालिकालाई फ्रान्समा ल्याइने सरकारी अधिकारीले बताएका छन् । फ्रान्सका यूरोपेली मामिला मन्त्री क्लेमेन्ट बिउनीले स्थानीय रेडियो आरटिआरसँग भने, “फ्रान्सले केही दिन पहिले डढेलो प्रभावित शिविरका ३५० बालबालिकालाई फ्रान्स ल्याउने प्रतिवद्धता जनाइसकेको थियो ।

थप १५० बालबालिकासहित उक्त क्याम्पका कूल ५०० आप्रबासी बालबालिकालाई फ्रान्समा शरण दिइने छ ।” सेप्टेम्बरको सुरुमा करिब १२ हजार शरणार्थी रहेको शिविरमा आगलागी भएपछि उनीहरूलाई यूरोपका विभिन्न स्थानमा व्यवस्थापन गर्ने इयू नेताहरूबीच सहमति भएको र फ्रान्सले यसै आधारमा ती बालबालिकालाई आफ्नो मुलुकमा भित्राउन तयार भएको हो । ‘

आप्रबासी र शरणार्थी व्यवस्थापनका लागि भएको नयाँ सम्झौता’मा इयूका २७ सदस्य राष्ट्रहरूले शरणार्थीको बोझ लिने सहमति गरिएको यूरोपेली आयोगले बुधबार सार्वजनिक सूचनामा जानकारी गराइएको थियो ।

यद्यपि केही साना मुलुकहरूले बराबर शरणार्थी बाड्ने सहमतिमा असहमति जनाएका छन् । यसैबीच बिउनीले फ्रान्सको मार्सेलीतर्फ हिँडेको भनिएका तर इटालीबाट उद्धार गरिएका १३० आप्रबासीहरूलाई इटालीमा व्यवस्थापन गर्न भनेका छन् । उनले फ्रान्सले यसबाट आफ्नो हिस्सामा पर्ने बोझ लिन तयार भएको पनि बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत