अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह



अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पुर्याउन आग्रह गरेका हुन् ।

राष्ट्रपति घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए । राष्ट्रपति घानीले भने– हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।

हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति घानीले वार्ता गरेर मात्र नहुने र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको छ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न