विश्वका २ करोड ३६ लाख ७६ हजार मानिस कोरोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ । विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ३ करोड २० लाख ९४ हजार ३४ पुगेको वल्डोमिटरमा उल्लेख छ । हालसम्म २ करोड ३६ लाख ७६ हजार ३ सय ४९ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार ९ सय ६२ पुगेको छ । संक्रमितमध्ये ७४ लाख ३५ हजार ७ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६२ हजार ३ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७१ लाख ३८ हजार ५ सय ५३ पुगेको छ । कोरोनाका कारण २ लाख ६ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ भने ४३ लाख ९८ हजार ९ सय भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३० हजार १ सय ८४ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ हजार १७३ पुगेको छ भने ४५लाख ७१ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा ४४६ लाख २७ हजार ७ सय ८० मानिस संक्रमित भएका छन् भने १ लाख ३९ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३९ लाख ९२ हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत