इटलीको निर्वाचनमा सत्तारुढ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धन विजयी



इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार देशको क्याम्पनीया, लिगुरिया, मार्चे, पुग्लीया, टुस्कानी, भाल्ले डि ओस्टा र भेनेटोका क्षेत्रहरुमा निर्वाचन भएको हो । दुई दिने यस स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ८५ लाख मतदाता सहभागी भएको पनि मन्त्रालयले जनाएको छ ।

निर्वाचनमा सत्तारुढ दल मध्य—दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धनले टुस्कानी, क्याम्पानाीया र पुग्लीयामा विजयी हासिल गरेको छ । त्यसैगरी दक्षिणपन्थी विपक्षी दल लिग पार्टीले लिगुरिया र भेनोटोमा जितेको छ ।

दक्षिणपन्थी अर्को दल ब्रदर अफ इटली मार्चे क्षेत्रमा विजयी भएको छ । इटलीमा गत बसन्त ऋतुकै बेलामा निर्वाचन हुनु पर्ने नियमित तालिका रहेपनि कोरोना महामारीका कारण अहिले मात्र निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’