स्वास्थ्यमा सुधार आएपछि रुसी विपक्षी नेता नाभाल्नी अस्पतालबाट डिस्चार्ज



रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनको अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज भएका छन् । नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ ।

तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो ।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन् । रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ । नाभाल्नीमाथि भएको भनिएको आक्रमणलाई लिएर रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ