न्यूयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चीनका लागि जासुसी गरेको आरोप



न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारीलाई चीनको सुराकी बनेको अभियोग लागेको छ । तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधिबारे चिनियाँ पक्षलाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ । उनले तिब्बती समुदायभित्र पनि गुप्त सूचनाको सम्भावित स्रोतको मूल्याङ्कन गर्न सघाएको बताइएको छ । यी अङ्गीकृत अमेरिकी नागरिक सोमवार पक्राउ पर्नुअघि न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत थिए ।

दोषी ठहरिएमा उनलाई ५५ वर्षसम्मको जेल सजाय हुनसक्छ । अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन् । दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए । उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन् । उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ ।

उनले न्यूयोर्क प्रहरीका वरिष्ठ अधिकारीहरूलाई औपचारिक कार्यक्रमहरूमा निम्त्याउनेगरी पहुँच बनाएको बताइएको छ । आन्वाङले आफ्ना चिनियाँ परिचालकसँग आफू न्यूयोर्क प्रहरीभित्र बढुवा हुन खोजेको र त्यसले गर्दा उनले चीनलाई सहयोग गर्दै देशको ‘प्रतिष्ठा’ राख्न सक्ने बताएका थिए । उनले गलत कुरा भनेको र औपचारिक कामकारबाहीमा बाधा पुर्याइएको बताइएको छ । अदालतमा प्रस्तुत कागजपत्रमा उनले जनगणतन्त्र चीनबाट पठाइएको उल्लेख्य रकम धेरै चोटि लिएको उल्लेख छ ।

उनी तिब्बतमा जन्मिएका थिए । मुख्य रूपमा बौद्धमार्गीहरूको विकट भूभाग तिब्बतमा चीनले स्वशासित क्षेत्रको रूपमा शासन गर्छ । बेइजिङले त्यहाँ उल्लेख्य विकास भएको दाबी गर्ने गरेको छ । तर अधिकारवादी समूहहरू त्यहाँ बेइजिङले राजनीतिक र धार्मिक दबावहरू दिने गरेको आरोप लगाउँदै चीनले मानव अधिकार हनन जारी राखेको दाबी गर्छन् । तर चीनले त्यस्ता आरोपपहरू खण्डन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ