देशको रक्षा गर्न आफूहरु सक्षम रहेको इरानी सर्वोच्च नेता खामेनीको भनाई



इरान आफ्नो राष्ट्रको रक्षा गर्न सक्षम रहेको विगतको इराकसँगको युद्धले पुष्टि गरिसकेको इरानले बताएको छ । आफ्नो राष्ट्रको रक्षा गर्न र नागरिकलाई सुरक्षा प्रदान गर्न सक्षम रहेको सर्वोच्च नेता अयातुल्ला अली खामेनीले सोमबार बताएका हुन् । उनले सन् १९८० देखि १९८८ सम्म इराकसँग एक्लै लडेर आफ्नो मुलुकको सार्वभौमसत्ताको रक्षा गरेको दावी गरे ।

उनले भने, “आठ वर्ष ‘उनीहरू’ले सकेजति सबै कोशिस गरे अझै केही पनि हासिल गर्न सकेनन् । के इरानको लागि यो ठूलो विजय हो ?” इरान–इराक युद्धको वर्षगाँठ मनाउन ‘होली डिफेन्स’ हप्ताको सुरूमा देशभरका शीर्ष सैन्य कमाण्डरहरू र युद्धका दिग्गजहरूलाई टेलिभिजनद्वारा गरिएको भिडियो सन्देशमा खामेनीकोे यी भनाइ आएका हुन् ।

होली डिफेन्सले इरानप्रति आक्रामक हुनु धेरै महँगो हुने उनले बताए । “जब कुनै राष्ट्रले आफ्नो रक्षा गर्ने शक्ति र दृढ सङ्कल्प देखाउँछ, यसले आक्रमणकारीलाई आक्रमण गर्नु अघि दुई पटक सोच्न बाध्य पार्छ,” खामेनीले भने । इरान विरुद्ध अमेरिकाले एकलरूपमा नाकाबन्दीको घोषणा गरेको दावी गर्दै उनले भने, “यदि कोही बुद्धिमानीपूर्वक कार्य गर्न चाहन्छ भने उसको इरानसँगको युद्ध आफ्नो फाइदाको लागि हुनेछैन । यो धेरै खर्चिलो भएको महसुस हुनेछ ।”

इराकी शासक सद्दाम हुसेनले इरानमा इस्लामिक क्रान्तिको डेढ वर्षपछि आक्रमण गरेको स्मरण गर्दै उक्त युद्ध पनि इराक एक्लैले नलडेको दावी इरानी सर्वोच्च नेता खामेनीले गरे । इरान–इराक युद्ध संयुक्त राष्ट्र सङ्घीय युद्धविरामबाट अन्त्य भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका