प्रश्नोत्तर अभ्यासले बालबालिकाको शैक्षिक क्षमता बढाउने अध्ययनको निष्कर्ष अध्ययन



बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ । पढाइका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ ।

प्रश्नोत्तर अभ्यास धेरै गर्ने र नगर्ने विद्यार्थीका बीचमा तुलना गर्दा धेरै गर्नेहरुको शैक्षिक प्रस्तुति राम्रो भएको पाइएको हो । प्रश्नोत्तर अभ्यास गर्ने गरेका विद्यार्थीहरुले चाँडो चाँडो प्रतिक्रिया दिने, सक्रिय देखिने र प्रस्तुति पनि राम्रो हुने गरेको अध्ययनकर्ताहरुले बताएका छन् ।

इओवा स्टेट युनिभर्सिटिको मनोविज्ञान विभागका बरिष्ठ सदस्य मार्कस क्रेडीले पनि अध्ययनले रोचक अवस्था देखाएको बताए । कक्षा कोठामा जोड दिनेभन्दा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको प्रस्तुित प्रभावकारी भएको जानकारी दिए ।

उनीहरुले झण्डै एक हजार विद्यार्थीमा प्रश्नोतर अभ्यास र उनीहरुको शैक्षिक क्षमताबीचको सम्वन्धका बारेमा अध्ययन गरिएको पनि जानकारी दिएका छन् । अध्ययनकर्ताहरुले हरेक विद्यार्थी तथा बालबालिकाहरुलाई प्रश्नोत्तर अभ्यास धेरै गराउन पनि सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका