विश्वमा २ करोड २३ लाख भन्दा बढी मानिस कारोना संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६ लाख नाघेको छ । २ सय १६ देशमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या विश्वमा ३ करोड ६ लाख ९३ हजार ४ सय ९७ पुगेको वल्डोमिटरमा उल्लेख छ ।

हालसम्म २ करोड २३ लाख ३४ हजार ६ सय ३० जना कोरोनाबाट निको भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ५६ हजार ४ सय २३ पुगेको छ । संक्रमितमध्ये ७४ लाख २ हजार ४ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६९ लाख २५ हजार ९ सय ४१ पुगेको छ । कोरोनाका कारण २ लाख ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४१ लाख ९१ हजार ८ सय भन्दाबढी मानिस निको भएका छन् ।

यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख ५ हजार ४ सय ७५ पसगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८५ हजार ६२५ पुगेको छ भने ४२ लाख ५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४४ लाख ९७ हजार ४ सय ३४ मानिस संक्रमित भएका छन् भने १ लाख ३५ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३७ लाख ८९ हजार भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु