५० लाख नाघ्यो भारतमा कोरोना संक्रमितको संख्या



भारतमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० लाख नाघेको छ । कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशहरूको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

अरू देशको तुलनामा भारतमा कोभिड १९ तीव्र गतिमा फैलिरहेको देखिएको छ। त्यहाँ मङ्गलवारसम्म निरन्तर पाँच दिन दैनिक ९० हजार भन्दा बढी सङ्क्रमित फेला परेका छन् । कोभिड १९ का कारणले त्यहाँ ८० हजार भन्दा बढी बिरामीको मृत्यु भइसकेको छ । त्यहाँ अहिले सघन उपचारका लागि अस्पतालमा शय्या र अक्सिजनको अभाव देखिको बताइन्छ ।

तर धेरै सङ्क्रमित भए पनि मृतकको सङ्ख्या अतिप्रभावित अरू देशको भन्दा कम छ । देशको आर्थिक स्थिति बिग्रिन थालेको र लाखौँ मानिसले जीविकोपार्जन गर्न नसकेको भन्दै सरकारले महामारी नियन्त्रणका लागि पहिला लगाइएका बन्देजहरू हटाउन थालेपछि सङ्क्रमण दर ह्वात्तै बढेको हो ।

सङ्क्रमण देखिन थालेपछि भारतमा गत मार्च महिनामा राष्ट्रव्यापी लकडाउन गरिएको थियो। त्यतिबेला स्थिति असामान्य भइसकेको थिएन । बिस्तारै मुम्बई र दिल्लीजस्ता ठूला सहर र अन्यत्र पनि सङ्क्रमण फैलिएको छ । तर सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको भए पनि सरकारले मानिसहरूको गतिविधिमा लगाइएका प्रतिबन्धहरू खुकुलो बनाएको छ ।

गत साता मात्र भारतमा छ लाख सङ्क्रमित थपिए । विगत २४ घण्टामा ९० हजार २१३ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कुल सङ्ख्या ५० लाख २० हजार ३५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही