योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित



जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् । उनले खसेको ४६२ मध्ये ३१४ मत पाएका छन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मी मानिन्छन् ।

योसँगै सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो । ७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन् । आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए । सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन् । स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए । सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण

भियतनाममा नोउल नामको आँधीमा परि कम्तिमा तीन जनाको मृत्यु, २६ हजार नागरिक प्रभावित

भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु

वेलायतमा घरमा आइसोलेशनमा बस्न दिइएको निर्देशन तोडे १० हजार पाउण्ड जरिबाना गरिने

इङ्गल्यान्डमा एक्लिएर बस्न अर्थात् सेल्फ आइसोलेशनमा बस्न दिइएको निर्देशन बेवास्ता गरे वा तोडे

रुसद्वारा कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती

रुसले कोभिड १९ को पहिलो औषधि बिक्रीका लागि स्वीकृती दिएको छ । कोरोना