इजरायलद्वारा यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्वपूर्ण सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका छन् । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन् । हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो ।

सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् । अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ । तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन् ।

प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरेललाई बहिष्कार गर्दै आएका छन् । ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात् आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएको बताए । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै यो इतिहासको एउटा निर्णायक दिन भएको बताए ।

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन् । इजरायली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरेलमा दुईवटा रकेट प्रहार गरिएका थिए ।

यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरायललाई औपचारिक रूपमा मान्यता दिएका थिए । इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरेलसँग शान्ति सम्झौता गरेका थिए । उत्तर पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मरिटेनियाले सन् १९९९ मा इजरेलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। तर सन् २०१० मा उसले सम्बन्ध तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२४ मा स्पेन जाने क्रममा हजारौँ आप्रवासीको हताहत

म्याड्रिड। सन् २०२४ मा समुद्री मार्ग हुँदै स्पेन पुग्ने क्रममा कम्तीमा १० हजार

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

भारत। भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव

जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र