विश्व स्वास्थ्य संगठनले भन्यो-कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र



विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप बजारमाा आइसक्नका लागि अर्काे वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्ने बताए ।

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए ।

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वको अधिकांश जनसङ्ख्या प्रदूषित वायुको चपेटामा

  बेङ्गलुरु । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत

युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

पेरिस । रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे पक्राउ

बीबीसी । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत

उग्रराष्ट्रवादी र लोकरिझ्याँइको राजनीति गर्नेभन्दा कार्नीजस्तै बौद्धिक र अनुभवी नेता आवश्यक

नारायण गाउँले । सोच्नुस् त, विश्वकै सबैभन्दा शक्तिशाली देशले तपाईंको अस्तित्व र स्वतन्त्रतामाथि