कोरोना नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न जि २० का सदस्य राष्ट्रहरुलाई महासचिवको आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि २० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि ती देशहरुलाई आग्रह गरेका हुन् ।
महासचिव गुटर्रेसले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्काे ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न पनि उनले आग्रह गरेका छन् । महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले आग्रह गरे ।

बैठकमा उक्त संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएका जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो । बैठकमा सबै देशका विदेशमन्त्रीहरुले कोभिड १९ का कारण ज्यान गुमाएका विश्वका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कोरोना भाइरसका विरुद्धमा मिलेर र समन्वय गरेर लड्नुपर्नेमा पनि जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाद्वारा युक्रेनलाई २.५ अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब

विश्वमा शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

जर्मनी । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको

बेल्जियममा सन् २०२४ को बिदाइसँगै ई–सिगरेटमाथि प्रतिबन्धको घोषणा

ब्रसेल्स । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको

अमेरिकाले जिमी कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने

वासिङ्टन । अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक