पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ । सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीले विश्वास लिएका बताइएको छ ।
प्रधानमन्त्री इमरान खानको सरकार कमजोर अर्थतन्त्र, वित्तीय घाटा र मुद्रास्फीतिले ग्रस्त आर्थिक अवस्थालाई प्रोत्साहन गर्न संघर्ष गरिरहेको अवस्थामा यो योजना चर्चामा आएको हो ।
विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले यो भाङ बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरआम्दानी दिनसक्ने बताए ।
क्यानाबिडियोल (सीबीडी) युक्त भाङ एक प्रकारको जडिबुटीजन्य खेती हो जसमा धेरै प्रकारको औषधी बनाउने गुण हुन्छन् ।

प्रतिक्रिया