केनोशा पुगेका राष्ट्रपति ट्रम्पले प्रहरीको गोली लागेका पीडितका परिवारलाई भेटेनन्



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट एकजना अश्वेत पुरुष सख्त घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गरेका छन् । २३ अगस्टमा प्रहरीले त्यहाँ जेकब ब्लेकलाई गोली प्रहार गरेर घाइते बनाएपछि केनोशामा प्रदर्शनहरू भएका थिए ।

हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुगेका हुन् । ट्रम्पले त्यहाँ गोली लागेका जेकब ब्लेकका परिवारलाई भने भेटेनन् । ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि नभेटेको ट्रम्पले बताए ।

त्यसअघि ब्लेकका बुवाले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना छोराको जीवन राष्ट्रपतिलाई भेट्नुभन्दा महत्वपूर्ण रहेको बताएका थिए ।
आफूले यो राजनीतिमा मिसिन नचाहेको र राष्ट्रपतिसँग जोडेर फोटो खिच्नुको कुनै अर्थ नभएको उनले बताए । ब्लेक परिवारका आफन्त एवम् साथीहरूले समेत त्यहाँ भएको ट्रम्पको भ्रमणको आलोचना गरेका छन् ।

ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए । तर त्यहाँ उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप लगाए ।

उनले त्यहाँका व्यापारिक नेताहरूसँग छलफल गर्दै ’त्यो शान्तिपूर्ण प्रदर्शनमा हुने काम नभएको’ बताए । देशको मध्यपश्चिममा रहेको उक्त शहरमा पुगेर ट्रम्पले ’त्यहाँ विध्वंस हुनुमा घरेलु त्रास’ जिम्मेवार रहेको बताए ।

ब्लेक परिवारकी एकजना साथी तान्या म्यालिनले ट्रम्प त्यहाँ ’त्रास फैलाउन, समूदायहरूलाई विभाजित गर्न र पुनर्निर्वाचित हुने अभीष्ट बोकेर पुगेको’ आरोप लगाइन् । मङ्गलवार ट्रम्पको भ्रमण हुनुअघि पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिएः “आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुँकिरहेका छन्।“

राष्ट्रपतिले बलियो कानुनी व्यवस्थालाई जोड दिइरहेको बताइरहँदा बाइडनले भने ’ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको’ आरोप लगाएका छन् । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका मत सर्वेक्षणहरूमा डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनको अग्रता देखिए पनि ट्रम्पले त्यसलाई साँघुरो पार्दै लागेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका राष्ट्रपति दिसानायकेले जनवरीमा चीन भ्रमणमा जाने

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके दुई पक्षीय सम्बन्ध बिस्तारका लागि आगामी

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

इस्लामावाद । पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको

चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान

नयाँदिल्ली । ३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक

फ्रान्सको सबैभन्दा शक्तिशाली आणविक उर्जा भट्टीद्वारा सेवा सुरु

पेरिस । फ्रान्सले शनिबार आफ्नो सबैभन्दा शक्तिशाली आणविक ऊर्जा भट्टीलाई राष्ट्रिय विद्युत् ग्रिडमा