हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडनलाई



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंस्रक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन् । उनले विन्सकन्सिन राज्यमा दुई जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन् ।

ह्वाइट हाउसमा सोमवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्रेटहरू मेयर र गभर्नर भएका ठाउँमा भएका हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडन र उनका सहकर्मीलाई लगाए । सोमवार प्रहरीले ओरेगनको पोर्टल्याण्डमा सप्ताहन्तमा भएका झडपमा गोली लागेर मारिएका व्यक्ति आरोन डानिल्सन रहेको जनाएको थियो ।

एक पत्रकारले पोर्टल्याण्ड घटनामा ट्रम्प समर्थकले रङ्ग भरिएका छर्रा प्रहार गरेको विषयमा ट्रम्पलाई सोधेका थिए । जवाफमा ट्रम्पले रङ्ग प्रतिरक्षाको अस्त्र भएको तर रङ्ग गोली नभएको बताए । आउँदो अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा गलत हो भन्न चुनौती दिएका छन् ।

बाइडनले ट्रम्पलाई ’देशमा हिंसा भड्काउने कमजोर र विशाक्त नेता’ भनेका छन् । दुई पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको पेन्सलभेनिया राज्यमा बोल्दै बाइडनले अमेरिकाले थुप्रै सङ्कटहरू सामना गरिरहेको र त्यो ’डोनल्ड ट्रम्पको नेतृत्वमा झन् बढ्ने’ बताएका छन् ।

अमेरिकी सहरमा चलिरहेका प्रदर्शनले अस्थिरता सिर्जना गरिरहेका बेला आउँदो चुनावमा राष्ट्रपतिका दुई प्रतिस्पर्धीबीच चर्काचर्की परिरहेको छ । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएका मत सर्वेक्षणमा बाइडन अगाडि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ

फ्रान्सेली अति–दक्षिणपन्थी ले पेनलाई युरोपेली संसद्को नक्कली रोजगारी मुद्दामा सोधपुछ गरिने

  युरोपेली संसद्को कोष हिनामिना गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी नेता मरिन ले पेनलाई 

आफ्ना राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि

गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि

सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार

दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ