बेलायती पूर्व राजदूत मोरिस मृत फेला
काठमाडौं । करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि बेलायती पूर्व राजदूत रिचर्ड मोरिसको शव फेला बेलायतको एक जंगलमा फेला परेको छ ।
मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ ।
मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्कनु भएको थियो ।
नेपालपछि बेलायत सरकारले मोरिस्लाई फिजीमा ब्रिटिश हाइ कमिश्नरको रुपमा नियुक्त गरिएको थियो ।
तर आफनो कार्याकाल सम्हाल्नु अघि नै उहाँ बेपत्ता हुनु भएको हो । उहाँको मृत्युबारे अनुसन्धान सुरु भएको छ ।