अफगान राष्ट्रपतिद्वारा तालिबानसँग वार्ता सहजीकरणका लागि परिषदको घोषणा



अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानसँग शान्तिवार्ता गर्नेगरी राष्ट्रिय मेलमिलापका लागि एक परिषदको घोषणा गरेका छन् । प्रस्तावित परिषदले तालिबानसँग शान्ति सम्झौताका निम्ति मार्गप्रशस्त गर्नेछ ।

संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच गत फेब्रुअरीमा भएको सम्झौताले अन्तर–अफगान शान्तिवार्ताका लागि ढोका खोलेको थियो । तर तोकिएको समयावधिभित्र दुबै पक्षबीच शान्तिवार्ता नभएको भन्दै अमेरिकाले असन्तोष प्रकट गर्दै आएको छ । खासगरी अफगान जेलमा बन्दी रहेका पाँच हजार तालिबानीको रिहाईको विषयले सरकार र तालिबानबीचको वार्तामा ढिलाई भइरहेको छ ।

अफगान सरकारले हालसम्म चार हजार ६०० तालिबान लडाकूलाई रिहा गरिसकेको भए पनि गम्भीर मानवअधिकार उल्लंघनमा संलग्न ३२० जना लडाकूलाई भने रिहाई गरिएको छैन ।

अफगान राष्ट्रपति घानीले शनिबार अबेर एउटा वार्ताको सहजीकरणका लागि ४६ सदस्यीय परिषदको घोषणा गरेका छन् । उक्त परिषदको नेतृत्व गत राष्ट्रपतीय निर्वाचनमा पराजित तर वर्तमान सरकारमा सहभागी अब्दुल्लाह अब्दुल्लाहले गरेका छन् ।

यो परिषद घानीले नै घोषणा गरेको २१ सदस्यीय वार्ता टोलीभन्दा पृथक रहेको छ । यो टोलीले कतारमा तालिबान समूहसँग वार्ताका लागि चाँडै दोहा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

तर पछिल्लो पटक घोषणा गरिएको परिषदले वार्ता टोलीले गर्ने सहमतिका बुँदामाथि विचारविमर्श गरी अन्तिम निर्णय दिनेछ । नयाँ घोषित परिषदमा अफगानिस्तानका वरिष्ठ राजनीतिक व्यक्तित्वहरु सहित नौ जना महिला प्रतिनिधिहरु रहेका छन् । साथै परिषदमा पूर्व राष्ट्रपति हमिद कारजाईलाई पनि राखिएको थियो तर उनले सरकारले गठन गरेको त्यस्तो परिषदमा बस्न अस्वीकार गरेका छन् ।

परिषदमा वर्षौंदेखि अफगान युद्ध लडेका मुजाहिद्दीन र जिहादी नेताहरुका साथै सन् २०१६ मा घानीसँग शान्ति सम्झौता गरेका गुलबुद्दीन हिक्मतयार, खुँखार आतंकवादी अब्दुर रसूल सयाफ समेतका नेताहरु छन् ।

तर तालिबान समूहले भने २० सदस्यीय वार्ता टोली मात्र बनाएको छ जसलाई सरकारसँग वार्ता गर्ने सम्पूर्ण अख्तियारी दिइएको छ । तालिबान समूहले आफ्ना नेता मुल्लाह हिबातुल्लाह अखुनजादाका विचारलाई मात्र अगाडि बढाउने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका