प्रतिबन्धका विरुद्ध जर्मनमा प्रदर्शन



जर्मनीको बर्लिनमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाइएको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ । सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ६८ हजारभन्दा बढी मानिस सहभागी भएका बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रदर्शनमा सहभागी झण्डै २ सय भन्दाबढीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । विरोध प्रदर्शनमा भएका झडपमा केही प्रहरी घाइते पनि भएको जर्मनका स्थानिय संचार माध्यमले जनाएको छ ।

पछिल्लो केही समय यता जर्मनी मात्रै नभएर युरोपका अरु शहरहरुमा पनि कोरोना भाइरसविरुद्ध प्रदर्शन भएको छ । लण्डन, पेरिस, भियना, ज्युरिचसहितका शहरमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको प्रतिबन्धध विरुद्ध प्रदर्शन भएको हो ।
जर्मनमा अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको भएपनि पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि कडा नियम लागू भएको हो ।

जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गरेकी छिन् ।
जर्मनीमा हालसम्म २ लाख ४२ हजार ८ सय २५ जना कोरोना संक्रमित भएका छन् भने ९ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २ लाख १७ हजार ४ सय भन्दाबढी उपचारपछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही