फिलिपिन्समा बन्दुकधारीको आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु
फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउँसो अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन् ।
घटनाबारे अनुसन्धान सुरू गरिएको भन्दै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए । आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए । यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन ।