भारतीय रक्षामन्त्री आगामी हप्ता रुस जाने



भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता रुसको भ्रमणमा जाने भएका छन् । भारतीय रक्षामन्त्रीको भ्रमणबारे रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका हुन् । उनले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन् ।

उनले भारतीय रक्षामन्त्री सिंहलाई आगामी हप्ता मस्कोमा स्वागत गर्न आफूहरु आतुर रहेको भनी दिएको अभिव्यक्तिका बारेमा रुसमा रहेको भारतीय दूतावासले ट्वीटमार्फत जानकारी गराएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म रुसको भ्रमणमा जानेछन् । मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ । सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ । सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लाग्नुभएको रुसस्थित भारतीय दूतावासले जानकारीमा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने

अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै

जर्मनीले ग्यासको अभावमा कठिन निर्णयहरू सामना गर्दै

इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना

विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राख्नुपर्छः राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा

अफगानिस्तानका भूकम्प पीडितलाई राष्ट्रसङ्घीय एजेन्सीले सहयोग गर्ने

अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका