बाढीका कारण अफगानिस्तानमा कम्तिमा १२० जनाको मृत्यु



अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको छ । दुई दिनदेखि अफगानिस्तानमा जारी वर्षाका कारण भिषण बाढी आएको र बाढीमा परी १२० जनाको मृत्यु भएको तथा अरु १५० जना घाइते भएका त्यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

ती घटनाहरु देशका कम्तीमा पनि १२ वटा प्रान्तमा भएको विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका छन् ।

स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १०० जना भन्दा बढी घाइते भएका छन् । बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तकामा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान