इजरायलमा ११ सय वर्ष पुरानो गाडधन फेला



मध्य इजरायलस्थित एउटा पुरातात्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन् । ती सुनका सिक्काहरू ११ सय वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास गरिएको छ । ती सिक्काहरूको कुल तौल ८४५ ग्राम छ ।

जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको छ । कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यकै गर्भमा छ ।

इजरेलको पुरातत्व हेर्ने निकायमा उत्खनन् विभागका निर्देशकहरू लियाट नादाभजिभ र एली हाड्डाडले ११ सय वर्षअघि यो धन गाड्ने व्यक्तिले पछि निकाल्ने विचार गरेको र उसले उक्त भाँडो नसरोस् भनेर काँटी पनि ठोकेको बताएका छन् ।

उनीहरूका अनुसार त्यति ठूलो परिमाणमा सुनका सिक्का फेला पर्नु दुर्लभ मानिन्छ । ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए ।

फेरि हेर्दा ती वस्तुहरू सुनका सिक्का पो रहेको उनले बताए । प्राचीन सिक्काका जानकार रोबर्ट कूलका अनुसार उक्त गाडधनमा सुनले बनेका ’दिनार’ बाहेक २७० वटा सुनका साना टुक्रा पनि थिए । ती टुक्राहरू असर्फी काटेर खुद्रा पैसाका रूपमा प्रयोग गरिन्थ्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान