समुद्री आँधी लराका कारण अमेरिकामा निकै क्षति



अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ । लरा नामक आँधीले पुर्याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ ।

करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको छ । पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ । तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लाग्यो । अहिले सो आँधी कमजोर बनेको बताइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ । उनले प्रभावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन् । उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए । लोरा तथा अघिल्लो आँधी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्यान गएको थियो ।

अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भएपनि पहिले आशङ्का गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन् । त्यहाँ रुख ढलेर लाग्दा चारजना मारिएको बताइएको छ । साथै लेक चाल्र्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आगलागी भएको छ ।

आगलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल बन्द गरेर घरभित्रै बस्न भनिएको छ । छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताए । आँधी आउनु अगाडि टेक्ससका करिब ४ लाख २० हजार बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण(पश्चिम लुइजियानामा थप दुई लाख जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान