फेसबुक लाइभ गरी न्यूजील्यान्डको मस्जिदमा गोली चलाउने व्यक्तिलाई जन्मकैद



न्यूजील्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ । न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाएका हुन् ।

फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले उनका कार्यहरु अमानवीय भएका र उनले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका बताएका छन् । मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए ।

सरकारले उक्त घटना लगत्तै एक कानुन पारित गरी अर्ध–स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो । आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि गरेका थिए । चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए ।

अदालत बाहिर भेला भएका उनीहरुले टारान्ट शैतान रहेको बताएका थिए । कतिपयले कुरान पाठ गरेका थिए । टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए । आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए । न्यायाधीश म्यान्डरले मस्जिदमा गरिएको आक्रमणप्रति कुनै पश्चाताप नगरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका