आँधी र कोरोना भाइरसबाट बच्ने उपाय खोज्न उत्तर कोरियाली नेता किमको अपील



उत्तर कोरियाका नेता किम जोङ उनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन नागरिकलाई अपील गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता उनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन् ।

उनले बिहीबार देशमा आँधी आउने पुर्वानुमान समेत गरिएको जानकारी पनि दिएका छन् । सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए । दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएका उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले समाचार संप्रेषण गरेको छ ।

उनले आँधीका कारण हुने क्षति न्युनिकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन् । अत्यधिक बर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो ।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेका समाचारमा जनाइएको छ । कोरोना र आँधीसँग जुध्नका लागि सवै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इयूले गाजामा हिंसा भड्काउने केही इजरायलीमाथि नयाँ प्रतिबन्ध लगाउने

पेरिस । फ्रान्सका विदेशमन्त्रीले प्यालेस्टिनी भूभागमा हिंसा भड्काएको आरोप लागेका इजरायली बासिन्दाविरुद्ध युरोपेली

युक्रेनमा पुटिनको जित ट्रम्पका लागि राम्रो होइन

किएभ । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनमा रूसलाई जित्न दिनु

अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई ‘निरन्तरता दिने’

बाकु । संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले

गाजा र लेबनानमा युद्धविराम गर्न साउदी युवराजको माग

साउदी अरब । साउदी अरबका युवराज माहम्मद विन सलमानले गाजा र लेबनानमा तत्काल