पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणबाट ५ हजार ८ सय भन्दाबढीको मृत्यु



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ६५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४० लाख ५० हजार ७ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ६५ लाख ९९ हजार ९ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख २३ हजार २ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ३९ हजार ६ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६६ लाख २७ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५९ लाख ५५ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३२ लाख ५४ हजार बढी निको भएका छन् भने १ लाख ८२ हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३६ लाख ७४ हजार १ सय ७६ पुगेको छ भने १ लाख १६ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २८ लाख ४८ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३१ हजार ७ सय ५४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २४ लाख ६७ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ४ हजार ८ सयबढीको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाको कारबाहीमा सोमालियामाअल शबाबका तीन हजार लडाकूको मृत्यु

बितेका ६ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन

आँधीका कारण अमेरिकाको मिसिसिपी र अल्बा अस्तव्यस्त

देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको