चुनावमा धाँधली हुने ट्रम्पको दाबी



अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्रेटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन् । दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए ।

उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने भन्दै यो चुनाव हामीले जित्नै पर्ने बताए । उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्रेटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन् । यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ । स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ । ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन् ।

मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ । ट्रम्पका निम्ति रिपब्लिकन दलको भेला यो स्थिति उल्ट्याउने उत्तम अवसर हुनसक्छ । यो भेलामा ट्रम्पकी पत्नी मेलानियाका साथै उनका छोराछोरीहरू एरिक, जुनियर डोनल्ड, इभाना तथा टिफनीले पनि भाग लिनेछन् । उनीहरूले भेलालाई सम्बोधन पनि गर्दैछन्। बिहीवार ट्रम्पले भेलाको समापनमा महत्वपूर्ण सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको