रिपब्लिकन पार्टीको अधिवेशनले राष्ट्रपतिको उम्मेदवारमा पुनः ट्रम्पलाई मनोनयन गर्ने



अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ । गत साता डेमोक्रेटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ ।

बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गरेकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ । कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लीकन पार्टीले जनाएको छ । रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उनले यसअघि अघि सारेका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ ।

यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् । रिपब्लीकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएका छन् ।

रिपब्लीकन पार्टीबाट एक्लो उम्मेदवार रहेका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि (डेलिगेट्स) ले मात्र मतदान गर्नेछन् । हुनतः रिपब्लीकन पार्टीका कूल प्रतिनिधि संख्या २ हजार ५०० भन्दा बढी छ । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ । चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्