मलेशियादेखि हलीवुडसम्म पुगेको अर्बौँ डलरको भ्रष्टाचार प्रकरण



अर्बौँ अमेरिकी डलर अपचलन भएको एउटा प्रकरणका कारण मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये एउटाको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा रजाकलाई दोषी भएको ठहर गरेको हो ।

सन् २००९ मा उनी प्रधानमन्त्री भएका बेला स्थापना गरिएको वनएमडीबी नामक कोष अपचलन भएपछि उनीविरुद्ध मुद्दा परेको थियो । यो आर्थिक हिनामिनासम्बन्धी विश्वकै सबैभन्दा ठूलो काण्डमध्ये एउटा हो । मलेशियाली नागरिकहरूलाई सहयोग गर्न लागि सञ्चित अर्बौँ अमेरिकी डलर गायब भएको थियो । मलेशिया र अमेरिकाका अभियोजनकर्ताहरूका अनुसार उक्त रकम केही शक्तिशाली व्यक्तिहरूको खल्तीमा पुगेको थियो र त्यो सुविधासम्पन्न घरजग्गा, निजी विमान खरिद गर्नेदेखि हलीवुडमा चलचित्रमा लगानी गर्नसम्म खर्च गरिएको थियो ।

वनएमडीबी प्रकरण कम्तीमा छ देशमा फैलिएको छ । यो काण्डका पात्रहरू र कथा रहस्यात्मक धारावाहिक चलचित्रका जस्ता देखिन्छन्। यसमा पत्रकारदेखि अन्तर्राष्ट्रिय छवि भएका ख्यातिप्राप्त व्यक्तिहरू पनि संलग्न छन् । यो कथाको केन्द्रबिन्दुमा मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक छन् । उनी कुनै बेला निकै प्रख्यात थिए। उनले आफ्नो देशको आर्थिक विकासलाई अगाडि बढाउन सन् २००९ मा उक्त सार्वभौम कोष स्थापना गरे। तर नौ वर्षपछि त्यसैले उनी र उनको परिवारलाई अधोगतिमा पुर्याइदियो ।

उनी मलेशियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन् । एक समय नजिब र बाराक ओबामा मिल्ने साथी थिए । नजिब रजाकेल माध्यमिक तहको शिक्षा यूकेमा पूरा गरेका थिए। त्यसपछि उनले नटिङ्अम विश्वविद्यालयमा औद्योगिक अर्थशास्त्र पढे । उनलाई शक्तिको दुरुपयोगको अभियोगमा १२ वर्ष र सम्पत्ति शुद्धीकरण तथा विश्वासघातका छ अभियोगमा प्रत्येकमा १० वर्ष जेल सजाय सुनाइएको छ ।

“म पक्कै पनि यो फैसलाँसग सन्तुष्ट छैन,“ उनले भनेका छन् । यो पक्कै पनि संसारको अन्त्य होइन किनकि पुनरावेदनको प्रक्रिया पनि छ र हामी त्यसमा सफल हुने छौँ भन्ने कुरामा आशावादी छौँ, उनले थपे । उनको खर्च गर्ने बानी फिलिपिन्सकी इमेल्डा मार्कोस र फ्रान्सकी मारी आँन्वानेटसँग तुलना गरिएको छ । पति शक्तिबाट हटेपछि कर छली तथा पैसाको अवैध कारोबारका विषयमा उनीमाथि पनि आधिकारिक रूपमा अभियोग लगाइएको छ। तर उनले त्यस्ता आरोप अस्वीकार गरेकी छन् । मलेशियामा उनको भड्किलो जीवनशैलीको चर्को आलोचना हुने गरेको छ ।

सन् २०१८ मा प्रहरीले नजिब रजाक र उनकी पत्नीसँग सम्बन्धित केही स्थानमा छापा मारेको थियो। त्यसमा ५०० वटाभन्दा बढी महँगा ह्यान्ड ब्याग, सयौँ घडी अनि १२,००० थानभन्दा बढी गरगहनाका फेला परेका थिए । त्यो घटनाले नजिबको परिवारले निकै विलासी जीवन व्यतीत गरिरहेको अनुमानलाई पुष्टि गरिदिएको थियो । रोज्मालाई सोधपुछका लागि बोलाइँदा उनको पोसाक अनि झोलामा धेरै मानिसको चासो हुने बताइएको मलेशियास्थित रोएटर्सका संवाददाताले बताएका छन् ।

चिनियाँ मूलका मलेशियाली लगानीकर्ता लू ताएकझोलाई झो लू उपनामले चिनिन्छ। अनुसन्धानकर्ताहरूले उनलाई वनएमडीबी काण्डका एक योजनाकारका रूपमा चित्रण गरेका छन् । कुनै आधिकारिक पद धारण नगरेको भए पनि उनले विभिन्न गतिविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आरोप लगाइएको छ ।

व्यापक चिनजान र व्यावसायिक बुद्धिका कारण उनी अघि बढ्न सफल भएको सन् २०१८ मा सर्वाधिक विक्री भएको पुस्तक ’बिलीयन डलर ह्वेल’मा पत्रकार ब्र्याड्ली होप र टम राइटले बताएका छन् । अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उनले आफ्नो प्रभावशाली राजनीतिक सम्बन्ध प्रयोग गर्दै करोडौँ डलर घुस दिएर वनएमडीबीसम्बन्धी व्यवसाय हात पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू