दिदी मारियनको दृष्टिमा ट्रम्प ‘ढँटुवा र सिद्धान्तहीन व्यक्ति’



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ । उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई ‘सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी’ भनेकी छन् । राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन् ।

मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ । कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन् ।

‘हे भगवान्! उसको ट्वीट र झुट। यो नक्कलीपना र निर्दयीपना,’ श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ । सो श्रव्य सामग्री सुरुमा द वाशिङ्टन पोस्ट पत्रिकाले बाहिर ल्याएको थियो। त्यसपछि समाचारसंस्था एपीले पनि प्राप्त गर्यो । राष्ट्रपति ट्रम्पले यी पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन् ।

ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छः ‘हरेक दिन कुनै नयाँ विषय आउँछ। कसलाई वास्ता छ!’ गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासीनीतिको आलोचना गरेकी छन् जसका कारण सीमामा भएका हिरासतकेन्द्रमा बालबालिकाले थुनिनुपर्यो । ब्यारीले उनी केवल आफ्ना समर्थकले चाहेको जस्तो गर्न चाहने बताइन् ।

भतिजी मेरी ट्रम्पको किताबमा कसरी राष्ट्रपति ट्रम्पले साथीलाई पैसा दिएर आफ्नो साटो एसएटी परीक्षा विश्वविद्यालयमा स्थान निश्चित गर्न आवश्यक एउटा परीक्षा मा बस्न लगाएका थिए भनेर उल्लेख छ ।ब्यारीले त्यसैप्रति इङ्गित गरेको श्रव्य सामग्रीमा सुनिन्छ।

त्यसमा उनी ट्रम्पका ती साथीको नाम पनि याद भएको बताउँछिन् । विगतमा ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन् । आफ्नो शल्यक्रिया हुँदा भाइले हरेक दिन अस्पतालमा भेट्न आएको उनले स्मरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका