अमेरिकामा प्लाज्मा थेरापी उपचारलाई अनुमति



अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको बताए । उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन् । साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ-आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन् ।

ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप पनि चाँडै बन्ने विश्वास व्यक्त गरे । कोरोनाभाइरस विरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि बढ्दो दबाब छ । कोरोनाभाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ ।

एफडिएले दिएको प्रारम्भिक विवरण बमोजिम कोरोनाभाइरस सङ्क्रमितहरूमा सुरुकै अवस्थामा प्लाज्मा थेरापीको प्रयोग गर्दा एक महिनापश्चात् उनीहरू बाँच्ने सम्भावना ३५ प्रतिशतले बढेको पाइएको छ । प्रारम्भिक परीक्षणमा यो उपचार विधि सुरक्षित भएको पाइएको एफडिएले जनाएको छ । तर यसको यथार्थ प्रभावकारिता थप क्लिनिकल ट्रायलपश्चात् मात्र यकीन गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

स्वतन्त्र वैज्ञानिकहरूले यसलाई ठूलै उपलब्धि मानिहाल्न हतारो गर्न नहुने बताएका छन् । कतिपय बिरामीमा यो विधिको खराब असर हुनसक्ने सम्भावना अहिले नै नकार्न नसकिने कैयन् वैज्ञानिकको भनाइ छ । अमेरिकामा करिब ७० हजार बिरामीमा यसको प्रयोग भएको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ