फिनल्यान्डकी प्रधानमन्त्री सोसल डेमोक्रेटको अध्यक्ष चयन



फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्रेट पार्टीको अध्यक्षमा चयन भएकी छन् । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्रेट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो ।

हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनेछन् । उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका थिए ।

फिनल्यान्डमा निकै लोकप्रिय युवा नेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन्, र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् ।

मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ । उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुलेकी छन् । फिनल्यान्डमा हालसम्म कोरोना संक्रमणबाट ३३४ जनाको मृत्यु भएको छ ।

सोसल डेमोक्रेट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो । पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत