ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोपको मानव परीक्षणलाई सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गरेका छन् । एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालार्ई धेरै जटिल बनाइरहेको उनले बताएका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ सम्म यसबारे प्रतिक्रिया जनाउनसमेत ढिलाइ गर्नेछन् । मैले यो कुरालाई बुझेको छु । नागरिकको जीवन बचाउने गतिमा ध्यान दिनै पर्छ ।” संयुक्त राज्य अमेरिकामा हाल तेस्रो चरणको परीक्षणका लागि कोभिड–१९ विरूद्धका तीन खोपहरू पर्खाइमा रहेका छन् ।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अमेरिकाका कूल ५६ लाख ६५ हजार ४०० भन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने एक लाख ७६ हजार ३३२ सङ्क्रमितको मृत्यु भएको छ ।

निर्वाचनको समयसीमा नजिकिँदै गर्दा भएका विभिन्न सर्वेक्षणले रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारसमेत रहेका ट्रम्पलाई कमजोर देखाइरहेका समय उनको यो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पको पक्षमा सर्वेक्षण रिपोर्टहरू नआउनुलाई अमेरिकाको कोरोनाभाइरस नियन्त्रण प्रयाससँग जोडेर पनि हेर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत