दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा जारी



दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले जानकारी दिए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिनुभयो । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा