रुसी विपक्षी नेता नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो



गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको छ । हाल अचेत अवस्थामा रहेका उनलाई चियामा विष हालेर दिइएको उनका समर्थकहरूको आशङ्का छ । लगत्तै जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी थिइन् । ओम्स्कमा एलेक्सीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले अन्यत्र लानका लागि उनी निकै बिरामी रहेको बताएका थिए । तर पछि उडानका लागि उनको अवस्था स्थिर रहेको उनीहरूले बताए । पत्नी युलीया उनीसँगै जर्मनी गएकी छिन् ।

जर्मनीको गैर सरकारी संस्था सिनेमा फर पीसले उनको उडानको खर्च बेहोर्दे छ । उनलाई बर्लिन लगिने छ । मस्को जाँदै गर्दा बिहीवार उनी बिरामी परेका थिए । लगत्तै उनी सवार विमानले आपत्कालीन अवतरण गरेको थियो । सामाजिक सञ्जालमा देखा परेका तस्बिरहरूमा उडान अघि विमानस्थलमा उनले एउटा कप मा केही पिउँदै गरेको देखिन्छ ।

उनको टोलीले त्यो चियामा विष हालिएको हुन सक्ने आशङ्का गरेका छन् । कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ । चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको मेटाबोलिक डिसअर्डरले निम्ताएको हुन सक्ने सङ्केत गरेका छन् । त्यसपछि उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गरे ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन् । उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ’कु’ र संविधानको उल्लङ्घनको सङ्ज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही