ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाएको बाइडनको आरोप



अमेरिकामा विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार मनोनित जो बाइडनले आफूले नोभेम्बरमा चुनाव जिते अन्धकार होइन उज्यालोको पक्षधर रहने बताएका छन् ।

पार्टीको मनोनयन स्वीकार्दै गरिएको सम्बोधनमा उनले एकता र आशावादको आह्वान गरेका छन् । डेमोक्रेटिक पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै बाइडनले डोनल्ड ट्रम्पले अमेरिकालाई आक्रोश, भय र विभाजनको घुम्टो ओढाइदिएको आरोप लगाए ।

राष्ट्रपतिको रूपमा अमेरिकीहरूलाई कोरोनाभाइरस जस्तो खतराबाट जोगाउने आफ्नो मूलभूत जिम्मेदारीमा वर्तमान राष्ट्रपति विफल भएको उनले बताए । देशले ऐतिहासिक कठिनाइहरूको सामना गरिरहेको भन्दै उनले नोभेम्बरको चुनावले जातिवादको अन्त्य गर्दै अमेरिकी सपनालाई पुनस्र्थापना गर्नसक्ने उनले बताए ।

राष्ट्रपति उम्मेदवार बाइडन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस आफ्नो श्रीमती र श्रीमानको साथमा उपस्थित भएका थिए । ७७ वर्षीय बाइडनले ७४ वर्षीय ट्रम्पलाई पछिल्ला जनमत सर्वेक्षणहरूमा पछि पारिरहेका छन् । तर चुनाव आउन अझै ७५ दिन बाँकी रहेकाले रिपब्लिकन दललाई उक्त दूरी मेटाउन प्रशस्त समय छ ।

चार दिनसम्म चलेको डेमाक्रेटिक पार्टीको सम्मेलनको अन्त्यमा उम्मेदवार मनोनित बाइडनले प्रत्यक्ष भाषण गरेका थिए । तर विगतमा जस्तो बेलुन उडाउने, होहल्ला तथा रमाइलो जमघट यसपटक हुन सकेन ।

कोरोनाभाइरस महामारीका कारण भौतिक भेला नगरिकनै भर्चुअल रूपमा डाकिएको भेलामा आयोजकहरूले हरेक साँझ दुई घण्टासम्म विभिन्न नेताका रेकर्ड गरिएका भाषण प्रस्तुत गरेका थिए । अब अर्को साता रिपब्लिकन दलको राष्ट्रिय सम्मेलनले ट्रम्पलाई उक्त पार्टीको तर्फबाट उम्मेदवार मनोनित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत