जर्मनले नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्ने



विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन् । भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उनी सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो ।

चिकित्सकहरूले उनी ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन् । नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन् । उनका समर्थकहरूको त्यस्तो भनाइपछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छन् ।

जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ । ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए । राष्ट्रपति भ्लादिमिर पुटिनमा कट्टर आलोचक ४४ वर्षीय नभाल्नी उनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए ।

उनले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ’कु’ र संविधानको उल्लङ्घनको संज्ञा दिएका थिए । राष्ट्रपति पुटिनका प्रवक्ताले उनको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लग्न दिन तयार रहेको बताएका छन् । तर त्यसको निम्ति केही परीक्षणको परिणाम कुर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको छत्तीसगढमा प्रहरीसँगको मुठभेडमा चार नक्सलवादीको मृत्यु

नयाँदिल्ली । मध्य भारतको छत्तीसगढ राज्यमा आइतबार नक्सलवादी र प्रहरीबीच भएको मुठभेडमा कम्तीमा

भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

  लन्डन  । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो

युक्रेनले कुर्स्क क्षेत्रमा ‘प्रत्याक्रमण’ गर्‍‍यो : रुस

मस्को । रुसले आइतवार युक्रेनले कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा ‘प्रत्याक्रमण’ गरेको बताएको छ

जापानमा बर्डफ्लुको प्रकोप

टोकियो । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका