विश्वमा २ करोड २८ लाख भन्दा बढीलाई कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड २८ लाख ५९ हजार २ सय ३९ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १ सय भन्दाबढीको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजार नाघेको छ ।

१ करोड ५५ लाख १३ हजार ९ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६४ लाख ४८ हजार १ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ८ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३२ लाख ८६ हजार ५ सयबढी, उत्तर अमेरिकी मुलुकहरूमा ६७ लाख ८४ हजार १८५,एसियाली मुलुकहरूमा ६० लाख २४ हजार १११ जना ,दक्षिण अमेरिकी मुलुकहरूमा ५५ लाख ७१ हजार ६४१ जना, अफ्रिकी मुलुकहरूमा ११ लाख ६२ हजार ३९२, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २६ हजार ५२४ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ४६ हजार २ सय नाघेको छ । कोरोनाका कारण १ लाख ७७ हजार ४ सयबढीको मृत्यु भएका छन् भने ३० लाख ९५ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३५ लाख ५ हजार ४ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १२ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ९३ हजार ४ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २९ लाख ४ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ हजार ९ सय नाघेको छ । संक्रमितमध्ये २१ लाख ६७ हजार भन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्