रुसका विपक्षी दलका नेता नाभाल्नी अस्पताल भर्ना, खानामा विष मिसाएर खुवाएको आशंका



रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचार विरुद्धको फाउण्डेसनका सञ्चार सचिव किरा यर्मयशले दिएको जानकारी अनुसार बिहीबार विहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महसुस गरेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति डेनियल हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

हमासको सशस्त्र शाखाद्वारा बन्धकलाई जीवित देखाउने भिडियो सार्वजनिक

गाजासिटी । हमासको सशस्त्र शाखाले शनिबार गाजामा जीवित इजरायली बन्धक हिब्रू भाषामा टेलिफोनमा

पाकिस्तान प्रहरीद्वारा केएफसी हमलामा संलग्न १६० जना पक्राउ

इस्लामाबाद । भिडले केएफसी रेस्टुरेन्टमा २० वटा छुट्टै आक्रमण गरेपछि करिब एक सय