दक्षिण कोरियाको गिर्जाघरमा ठूलो संख्यामा कोरोना संक्रमित फेला



दक्षिण कोरियामा एकैदिन कोरोनाभाइरस सङ्क्रमण भएका २७९ मानिस फेला परेका छन् । पाँच महिनायता दैनिक वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो । तीमध्ये धेरै सङ्क्रमित साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन् ।

त्यहाँका पादरीलाई राष्ट्रपति मुन जेइनका प्रखर आलोचक मानिन्छ । यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाभाइरसको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो । उक्त विवादास्पद समूहसँग ५,२०० सङ्क्रमितहरूको सम्बन्ध रहेको बताइन्छ । आइतवार दक्षिण कोरियामा कोभिड १९ भएका २७९ जना फेला परेका हुन् ।

गत मार्च महिनापछि सङ्क्रमितहरूको सङ्ख्या २०० नाघेको पहिलो पटक हो । सोमवार १९७ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितहरूको सङ्ख्या लगातार चौथो दिन १०० भन्दा माथि रहेको छ ।

यो वृद्धिसँगै दक्षिण कोरियामा सङ्क्रमितहरूको सङ्ख्या १५ हजार ५१५ पुगेको छ । सङ्क्रमण भएका कम्तीमा ३१२ जना साराङ जेइल गिर्जाघरसँग सम्बन्धित भएको सोल महानगरले योन्हाप न्यूजलेलाई बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८