कोरोना संक्रमणबाट भारतमा एकैदिन ९ सय ६१ जनाको मृत्यु



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ४५ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड १८ लाख २४ हजार ८ सय ७ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ४५ लाख ५८ हजार ३ सय २८ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार १ सय भन्दाबढी संक्रमण पुष्टि भएका छन् भने ४ हजार ५ सय २५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ७३ हजार भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ६४ लाख ९३ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ३ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, युरोपियन मुलुकहरूमा ३१ लाख ६५ हजार २६३ जना, उत्तर अमेरिकी मुलुकहरूमा ६५ लाख ६५ हजार २३४,एसियाली मुलुकहरूमा ५३ लाख ९२ हजार २९४ जना, ५६ लाख ५९ हजार ७९४ जना, दक्षिण अमेरिकी मुलुकहरूमा ५२ लाख ८२ हजार ९९० जना ,अफ्रिकी मुलुकहरूमा ११ लाख २२ हजार ७०८ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २५ हजार ४४९ जना संक्रमित भएका छन् ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५५ लाख ६६ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २९ लाख २२ हजार ७ सय बढी निको भएका छन् भने १ लाख ७३ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३३ लाख ४० हजार १ सय ९७ पुगेको छ भने १ लाख ७ हजार ८ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २४ लाख ३२ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २६ लाख ४७ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ सय ६१ जनाको ज्यान गएको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको छ ।
संक्रमितमध्ये १९ लाख १८ हजार भन्दा धेरै निको भएका छन् भने ६ लाख ७८ हजारको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ९ भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न