रुसले बनाएको खोपले काम गर्ने मलाई विश्वास छः डोनाल्ड ट्रम्प



अमेरिकाले कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ । ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ ।’ कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाई छ ।

उनले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताए ।

आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुसी लागेको उनले बताए ।

उनले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन वटा खोपलाई परीक्षण गरिरहेका र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए । अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरी महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरी धेरै बैज्ञानिकहरुले औषधि बनाइरहेको उनले दाबी गरेका छन् । तर ती सवै परीक्षणका क्रममा रहेका छन् भने अहिलेसम्म विश्वस्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाको कारबाहीमा सोमालियामाअल शबाबका तीन हजार लडाकूको मृत्यु

बितेका ६ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन

आँधीका कारण अमेरिकाको मिसिसिपी र अल्बा अस्तव्यस्त

देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान

बेलारुसमा आणविक हतियार राख्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक बेलारुसमा आणविक हतियार राख्ने सम्झौता गरेको बताएका

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको