भेनेजुएला पठाउन लागेको इरानको ११ लाख ब्यारेल तेल अमेरिकाद्वारा कब्जा



अमेरिकाले हालसम्मकै ठूलो मात्रामा इरानको तेलमाथि कब्जा गरेको छ । चारवटा जहाजमा भेनेजुएला पठाउन लागिएको ११ लाख ब्यारेल तेल ’विदेशी साझेदारहरूको सहयोगमा’ जफत गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । अमेरिकाले ती जहाजले अमेरिकी प्रतिबन्धलाई पालना नगरेको बताएको छ ।

भेनेजुएलाका लागि इरानी राजदूतले ती जहाज र तिनका मालिक इरानी नरहेको दाबी गरेका छन् । गत महिना अमेरिकाले अदालतमा मुद्दा हालेपछि एक न्यायाधीशले ती चारवटा जहाज कब्जा गर्न स्वीकृति दिएका थिए । अमेरिकी न्याय मन्त्रालयले ’इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स आईआरजीसीको लाखौँ डलर मूल्यका तेल सफलतापूर्वक कब्जामा लिइएको’ बताएको छ । आईआरजीसी अमेरिकाले विदेशी आतङ्कवादी संस्था तोकेको इरानी सशस्त्र बलको एउटा अङ्ग हो ।

मन्त्रालयले कब्जामा लिइएका तेल अमेरिकी नियन्त्रणमा रहेको बताए पनि कहाँ र कहिले कब्जामा लिइएको भन्ने खुलाएको छैन । अमेरिकाले इरानी जलसेनाले ती जहाजलाई कब्जामुक्त गर्न एउटा असम्बन्धित जहाज कब्जामा लिन असफल प्रयास गरेको पनि बताएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले तेल कब्जा गर्न कुनै सैन्य शक्ति प्रयोग नगरिएको र जहाजलाई भने कब्जामा नलिइएको समाचारसंस्था एपीलाई बताएका छन् । बेला, बेरिङ्, पान्डी र लुना नामका ती जहाजहरू अहिले कहाँ छन् भन्ने स्पष्ट भएको छैन ।

भेनेजुएलाका लागि इरानी राजदूत होजात सोल्तानीले कब्जाको विवरण मिथ्या प्रचार रहेको बताएका छन् । सन् २०१८ मा अमेरिकाले एकपक्षीय रूपमा इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि दुई देशबीच तनाव चुलिएको छ । अमेरिकाले इरान र भेनेजुएलाविरुद्ध तेल निर्यात रोक्न ठूला प्रतिबन्धहरू लगाएको छ । अमेरिका भेनेजुएलाबाट राष्ट्रपति निकोलस मदुरोलाई हटाउन चाहन्छ र इरानको नेताहरूको व्यवहार परिवर्तन गर्न चाहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको