भारतले छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउँछः मोदी



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोनाविरुद्ध तीन तीन वटा खोप निर्माण गरिरहेको बताएका छन् । शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भारतले छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका हुन् ।

उनले भने,‘भारतले एउटा हैन तीन तीन वटा खोपको परीक्षण गरिरहेको छ । अनुमति पाउनासाथ व्यापकरुपमा खोप उत्पादन गरिनेछ ।’

उनले नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दैसबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइने बताए । उनले कोरोनाका कारण लाखौं मानिस प्रभावित भएका भन्दै छिट्टै भारतले कोरोनाबाट विजय प्राप्त गर्ने बताए । उनले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई साथ दिन नागरिकलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’