भारतमा कोरोना संक्रमितको संख्या २५ लाख नाघ्यो, ४९ हजारको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ६३ हजार नाघेको छ । करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड १३ लाख ४५ हजार ७ सय ३१ जना संक्रमित भएका छन् । जसमध्ये ७ लाख ६३ हजार १ सय ३३ जनाको मृत्यु भएको छ।

यस्तै, १ करोड ४१ लाख ३९ हजार ४ सय ६५ उपचारपछि निको भएर घर फर्किएका छन् । यसमध्ये २ लाख १४ हजार ७ सय भन्दाबढी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । यस्तै, एकैदिन २ लाख ७६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६४ लाख ४३ हजार १ सय ३३ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ५ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५४ लाख ७५ हजार २ सय ६६ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ७१ हजार ५ सयबढीको मृत्यु भएका छन् भने २८ लाख ७५ हजार १ सय भन्दा बढी निको भएका छन् ।
यस्तै, ब्राजिलमा ३२ लाख ७८ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ६ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २३ लाख ८४ हजार ३ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २५ लाख २५ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४९ हजार १ सय भन्दा बढीको मृत्यु भईसकेको छ भने १८ लाख ७ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।