अफगानिस्तानले निकै खतरनाक ठानिएका चार सय तालिबान लडाकूलाई जेलमुक्त नगर्ने



अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४ सय तालिबान लडाकुलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका थिए । यसअघि पनि उनले ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै यस्तो आदेश दिएका थिए ।

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ । तर पनि जेलमा रहेका अरु ४ सय तालिबान लडाकुलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाएको हो । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवान लडाकूलाई रिहा गर्नुपर्ने छ ।

यस बमोजिम पछिल्लो पटक गरिएको रिहाईसँगै अफगान सरकारले चार हजार ६ सय जना बन्दीलाई रिहाई गरिसकेको छ । तर पनि बाँकी ४ सय जना भने निकै खतरनाक ठानिएका अथवा यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरुलाई भने मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको बताइएको छ ।

तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको र आफ्नो माग बमोजिम पाँच हजार जना नै मुक्त गरिनुपर्ने बताएको छ ।

राष्ट्रपति घानीले गम्भीर प्रकृतिको अपराधमा संलग्न भएका ४ सय तालिबान लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताएका थिए । अफगानी ज्येष्ठ एवं प्रवुद्ध समूहको भेलाले मात्र उनीहरुको भाग्यको फैसला गर्न सक्ने राष्ट्रपतिले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता