एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भुटानमा राष्ट्रव्यापी लकडाउन



भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसद्वारा युक्रेनको राजधानी किएभमा आक्रमण तीव्र

रुसले युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यो राजधानी किएभमा महिनौँयता

भूकम्प प्रभावित अफगानिस्तानका लागि अमेरिकाले एक करोड डलर दिने

संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) बाट आइतबार एक करोड

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने जी–७ को घोषणा

संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा

चीनद्वारा २९ लडाकु विमान ताइवानको वायुरक्षा क्षेत्रमा परिचालन

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती