ट्रम्प अक्षम नेता भएको बाइडेन र ह्यारिसको भनाई



अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेताको संज्ञा दिएका छन् । उनीहरूले ट्रम्पले अमेरिकालाई जीर्ण बनाएको पनि दाबी गरे । बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट उनीहरू चुनावी अभियानमा सँगै देखिएका हुन् ।

राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा ’चट्टानजस्तै खसेको’ बताए । नोभेम्बरमा हुने चुनावमा बाइडेन र ट्रम्प राष्ट्रपतिका उम्मेदवार छन् । बुधवार विल्मिङ्टनमा भएको बाइडेनको चुनावी कार्यक्रम सर्वसाधारणका लागि खुला थिएन । बाइडेनले कोरोनाभाइरसबाट बच्नका लागि कार्यक्रम खुला नगरिएको बताए । दुवै उम्मेदवारले मास्क लगाएर मञ्चमा सामाजिक दूरी कायम गर्दै सम्बोधन गरे । हल्का वर्षा भइरहेका बेला करिब ७५ जना मानिसहरू कार्यक्रमस्थल बाहिर भेला भएका थिए।

रोयटर्स समाचारसंस्थाका अनुसार तीमध्ये केही बाइडेनका आलोचक पनि थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले आगामी नोभेम्बरमा हामीले गर्ने चयनले धेरै लामो समयका लागि अमेरिकाको भविष्यको निर्णय गर्ने बताए । उनले ट्रम्पले पहिले नै ह्यारिसबारे नकारात्मक टिप्पणी गर्न थालिसकेको भन्दै उनको आलोचना गरे । उनले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा पनि आलोचना गरे ।

ह्यारिसले आफू काम गर्न तयार रहेको बताइन् । उनले अमेरिका नेतृत्वका लागि रोइरहेको बताइन् । उनले ट्रम्पको कडा आलोचना गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको दाबी

एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् ।

अल्बानियाको टिभी स्टेशनमा बन्दुकधारीको आक्रमण, एकजनाको मृत्यु

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा

राष्ट्रसङ्घको कालोसूचीबाट नाम हटाउन तालिबानको आग्रह

तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको

इजरायली रक्षामन्त्री ग्यालेन्ट बर्खास्त 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका